प्रधानमन्त्री देउवा, प्रचण्ड र ओलीबीच भेटवार्ता हुँदै
- माघ २३, २०७८
- 0
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता हुँदैछ ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ बजे भेट हुने कार्यतालिका तय भएको छ । यद्यपि भेटका विषयवस्तु भने बाहिर नआएको सचिव अधिकारीले बताए ।
यता, माओवादी अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्य किरणले पनि प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच ४ बजे भेटवार्ता हुन लागेको जानकारी दिए । उनका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ४ बजे उनीहरुबीच भेटवार्ता हुन लागेको हो ।
राष्ट्रिय राजनीतिमा आगामी निर्वाचन र अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० सम्झौताबारे गम्भीर बहस भइरहेको अवस्थामा प्रधानमन्त्री देउवा, प्रचण्ड र ओलीबीच भेट हुन लागेको हो ।










