नेपालमा १८ वर्षमाथि उमेर समूहका ७० प्रतिशतले लगाए कोरोना विरुद्ध खोपको दुबै मात्रा
- माघ २०, २०७८
- 0
नेपालले कोभिड–१९ विरुद्धको खोप अभियानमा नयाँ कोशेढुङ्गा पार गरेको छ । नेपालले १८ वर्षमाथिको उमेर समूहका ७० प्रतिशत व्यक्तिहरूलाई पूर्ण खोप प्रदान गरेको हो ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले ७० प्रतिशत बयस्क जनसङ्ख्यालाई कोभिडविरुद्धको पूर्ण खोप प्रदान गर्न सफल भएकामा नेपाललाई बधाई पनि दिएको छ ।
“सत्तरी प्रतिशत जनसङ्ख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएकामा नेपाललाई बधाई । यो नेपाल तथा सहयोगी निकायको ठूलो सफलता हो । एकजुट भई सहकार्य गरे जे पनि सम्भव हुने यसले सावित गरेको छ”, डब्ल्युएचओ नेपालले ट्वीटरमार्फत बधाई दिँदै भनेको छ ।
नेपाल सरकारले चैत मसान्तसम्म १८ वर्षमाथिका १०० प्रतिशत नागरिकलाई पूर्ण खोप लगाइसक्ने लक्ष्यसहित देशभर खोप अभियान चलाइरहेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







