तुवाँलोका कारण काठमाडौंबाट हुने आन्तरिक उडान ठप्प
- माघ २०, २०७८
- 0
बाक्लो तुवाँलोका कारण विहानै देखि आन्तरिक उडान ठप्प भएको छ । विहान ६ः३० बजेदेखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट देशैभर हुने आन्तरिक उडान भिजिवलिटी अपुग हुँदा उडान हुन सकेको छैन ।
हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भिजिवलिटी एक हजार दुई सय मिटर मात्र रहेको विमानस्थलले जनाएको छ । पश्चिमी वायूको प्रभावका कारण विहीबार विहानै देखि मौसममा खरावी आएपछि विहान नौ वजेसम्म देशैभरका ३५ वटै विमानस्थलमा उडान ठप्प रहेको छ ।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार पहाडी क्षेत्रका केही विमानस्थल खुलेपनि तराई क्षेत्रका विमानस्थल खुल्न सकेको छैन । तर काठमाडौं विमानस्थलका लागि पाँच हजार मिटर भिजिवलिटी आवस्यक रहेपनि एक हजार दुई सय मिटर मात्र रहेको विमानस्थलले जनाएको छ । विहीबारका लागि एक सय १२ वटा नियमीत उडान तोकिएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







