उपत्यकामा १७२२ सहित देशभर एकैदिन ५२९२ मा कोरोना पुष्टि, ६३५९ जना निको हुदा ८ को मृत्यु
- माघ १७, २०७८
- 0
पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा १७२२ सहित देशभर थप ५२९२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
१० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३४७२ जना र ५७२० जनाको एन्टीजेन परीक्षण गर्दा १८२० जना गरी ५२९२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
उपत्यकाको काठमाडौमा १३६१, ललितपुरमा २७१ र भक्तपुरमा ९० जना गरी कुल २९४० जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ८१९१ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।
यस्तै गत माघ १३ गतेयता अधावधिक हुन बाकी रहेकासहित पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११७४३ पुगेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







