अनलाइन जुवा खेलमा संलग्न ७४ जना प्रहरी नियन्त्रणमा
- माघ १७, २०७८
- 0
कामनपा ६ बौद्धस्थित प्लटिङ नजिक एक रेस्टुरेन्टमा अनलाइन जुवा खेलमा संलग्न ७४ जनालाई प्रहरीले आइतबार बेलुका नियन्त्रणमा लिएको छ ।
दोलखा घर भई हाल बानेश्वर बस्ने वर्ष ३० को सुभाष घिसिङले सो स्थानमा सञ्चालन गरेको रेष्टुरेन्टमा ठूलो सङ्ख्यामा मानिस भेला भई अनलाइन बिङ्गो खेलमा संलग्न रहेका भनी विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले निजहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले बिङ्गो खेलमा प्रयोग हुने विभिन्न सामग्री र नगद करिब ६ लाख रुपियाँ बरामद गरेको छ । यसरी पक्राउ पर्नेमा ६६ पुरुष र चार महिला छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







