हराएको २४ लाख डोज खोप खोज्न स्वास्थ्य मन्त्रालयले बनायो छानबिन समिति
- माघ १६, २०७८
- 0
हराएको भनिएको कोभिड-१९ विरुद्धको २४ लाख डोज खोपको खोज्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समिति गठन गरेको छ।
मन्त्रालयका प्रमुख विशेषज्ञ डा। गुणराज लोहनीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो। समितिमा प्रमुख जनस्वास्थ्य प्रशासक यशोदा अर्याल, उपसचिव अनिल थापा, उपस्वास्थ्य प्रशासक डा। अभियान गौतम र सदस्य सचिवमा वरिष्ठ स्वास्थ्य प्रशासक डा गुणनिधि शर्मा छन्।
समितिले खोप अभिलेख विवरण अध्यावधिक गर्ने जिम्मेवारी पनि पाएको छ। स्वास्थ्यमन्त्री विरोध खतिवडाले समिति गठन गर्न निर्देशन दिएका थिए। मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले समितिले २ हप्तामा प्रतिवेदन बुझाउने जानकारी दिइन्।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







