देशभर एकैदिन ३५४० मा कोरोना संक्रमण पुष्टि, ६३५९ जना सङ्क्रमणमुक्त

news-details

पछिल्लो २४ घण्टामा देशभर थप ३५४० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

९ हजार ९१० जनाको पीसीआर परीक्षण गर्दा ३०४९ जना र ३२३५ जनाको एन्टीजेन परीक्षण गर्दा ४९१ जना गरी ३५४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ६३५९ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।

यस्तै गत माघ १३ गतेयता अधावधिक हुन बाकी रहेकासहित पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११७३५ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया