काठमाडौ उपत्यकामा १८२० सहित देशभर एकैदिन ४९०४ मा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा १८२० सहित देशभर थप ४९०४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

१० हजार १०१ जनाको पीसीआर परीक्षण गर्दा ३३१८ जना र ४४६१ जनाको एन्टीजेन परीक्षण गर्दा १५८६ जना गरी ४९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौमा १४०४, ललितपुरमा ३०५ र भक्तपुरमा १११ जना गरी कुल १८२० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ५९२४ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११७०३ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया