भेरोसेल खोप लगाएका ज्येष्ठ नागरिकलाई बुस्टरमा कोभिशिल्ड दिने सरकारको निर्णय
- माघ १५, २०७८
- 0
नेपाल सरकारले कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाएकालाई बुस्टर डोजको रुपमा कोभिशिल्ड खोप दिने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै भेरोसेल खोपको दुबै मात्रा पूरा गरेका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोजको रुपमा कोभिशिल्ड वा अस्ट्राजेनेका खोप दिने निर्णय गरेका हुन् ।
डब्लूएचओको सल्लाहकार समूह र राष्ट्रिय खोप सल्लाह समितिको सिफारिस अनुसार बुस्टर खोप फरक दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसविरुद्ध कोभिशिल्ड, अस्ट्राजेनेका, मोडर्ना, फाइजर र भेरोसेल खोप लगाएका सबै ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बुस्टरमा कोभिशिल्ड दिइने भएको हो ।
मन्त्रालयले पहिलो मात्रा खोप लगाएकाहरुलाई पनि दोस्रो मात्रा सोही खोप नभएमा कोभिशिल्ड वा अस्ट्राजेनेकाको खोप दिने निर्णय गरेको छ ।
विदेशमा पहिलो मात्रा कोभिशिल्ड, अस्ट्राजेनेका, भेरोसेल, मोडर्ना र फाइजर खोप लगाएकालाई पनि दोस्रो डोज कोभिशिल्ड दिइने मन्त्रालयको परिवार कल्याण महाशाखाले जनाएको छ ।










