कांग्रेसले गठन गर्यो कार्यसम्पादन समिति, को-को समेटिए ?
- माघ १४, २०७८
- 0
नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । शुक्रबार भर्चुअल माध्यमबाट बसेको केन्द्रीय कार्यसमिति बैठकले कार्यसम्पादन समिति गठन गरेको हो ।
पार्टी सभापति शेरबहादुर देउवाको प्रस्तावमा केन्द्रीय कार्यसम्पादन समिति गठन भएको हो । कार्यसमिति सदस्यको नाम भर्चुअल बैठकले अनुमोदन गरेको छ।
कार्यसम्पादन समिति सदस्यमा सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री फमूल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय, भीष्मराज आङदेम्बे, महेन्द्र यादव, किशोर सिंह राठौर, बद्री पाण्डे र जीवन परियार पदेन सदस्य रहेका छन ।
केन्द्रीय कार्यसमिति सदस्यबाट कार्यसम्पादन समितिमा केन्द्रीय सदस्यहरुमा वरिष्ठ नेता रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा। शशांक कोइराला, चित्रलेखा यादव, डा। रामशरण महत, अर्जुननरसिंह केसी, डा। प्रकाशशरण महत, सुनीलबहादुर थापा, डा. शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, डा। नारायण खड्का, जिपछिरिङ लामा, सुजाता कोइराला, एनपी साउद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुंगाना समेटिएका छन ।
कांग्रेसमा कोषाध्यक्ष पद रिक्त छ भने पार्टी प्रवक्ता पनि तोकिसकेको छैन । कांग्रेसको विधान अनुसार कार्यसम्पादन समिति ४६ सदस्यीय हुने व्यवस्था छ । तर, सभापति देउवाले शुक्रबार ३७ सदस्यीय कार्यसम्पादन समिति गठन गरेका हुन् । बाँकी ११ जना पछि मनोनित गर्ने देउवाले तयारी गरेका छन् ।
कार्यसमितिपछि काँग्रेसमा कार्यसम्पादन समिति महत्वपूर्ण निकाय हो। केन्द्रीय समिति बैठक बस्न नसकेको अवस्थामा कार्यसम्पादन समितिले महत्वपूर्ण निर्णय गर्न सक्छ।










