खोप अभियानको एक वर्ष पुरा, पूर्ण मात्र खोप पाउनेको संख्या एक करोड ३७ लाख नाघ्यो

news-details

नेपालमा कोरोनाविरुद्धको खोप अभियान शुरु भएको आज एक वर्ष पुगेको छ ।

खोप अभियान शुुरु भएदेखि हालसम्म ३ करोड ४ लाख ७५ हजार ५८९ मात्रा खोप लगाइसकिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म १ करोड ६४ लाख ५८ हजार ४७५ जनाले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् भने १ करोड ३७ लाख ३४ हजार ३९० जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

दुई लाख ८२ हजार ७ सय २४ जनाले अतिरिक्त मात्रा खोप लगाइसकेका छन् । लक्षित जनसङ्ख्याको ८२ दशमलव ६ प्रतिशतले एक मात्रा र ६८ दशमलव ९ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।

अहिले नेपालमा १२ वर्षदेखि माथिको उमेर समूहलाई कोरोनाविरुद्धको खोप लगाउने कार्य चलिरहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया