लम्जुङमा भूकम्पको धक्का महसुस

news-details

लम्जुङमा भूकम्पको धक्का महसुस गरिएको छ।

क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर गए राति १०ः३४ मा दुई दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्प सानो गएकाले कतिपयले भने थाहा नपाएको बताएका छन्।

जेठ ५ गते आएको भूकम्पले केही व्यक्तिको मृत्यु हुनुका साथै धेरै धनजनको क्षति गरेको थियो।

त्यसयता मात्र साना–ठूला गरी १०० भन्दा बढी पटक भूकम्प गएको छ।

-रासस

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया