देशभरका केही स्थानमा वर्षा र हिमपातको संभावना
- माघ १२, २०७८
- 0
हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
त्यस्तै आज बिहान सुदुर पश्चिम प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आँशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै सुदुर पश्चिम प्रदेशका केही स्थानमा भने हल्का वर्षा समेत भएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ । त्यस्तै सुदुर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको संभावना रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना समेत रहेको छ ।
आज राती भने देशका पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भू–भागमा भने आंशिक बदली रहने छ । देशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको संभावना रहेको छ ।
त्यस्तै देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको संभावना हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







