राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक तथ्याङक आज सार्वजनिक गरिंदै
- माघ १२, २०७८
- 0
राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक तथ्याङक आज सार्वजनिक गरिंदै छ ।
केन्द्रीय तथ्याङक विभागले राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्याङक आज दिउसो भर्च्युअल माध्यमबाट सार्वजनिक गर्ने तयारी गरेको हो । विभागका अनुसार मुख्य प्रश्नावलीमा उल्लिखित विवरणका आधारमा प्रारम्भिक नतिजा सार्वजनिक गर्न लागिएको हो ।
प्रारम्भिक नतिजामा नेपालमा जम्मा परिवार संख्या, महिला र पुरुषसहित जम्मा जनसंख्या र विदेशमा रहेका नेपालीको जनसंख्या जस्ता विवरणहरु सार्वजनिक गरिने छ । यसैगरी लिंगको आधारमा महिला र पुरुषको मात्र संख्या सार्वजनिक गरिनेछ । राष्ट्रिय जनगणनाको सम्पूर्ण र विस्तृत तथ्याङक भने सार्वजनिक गर्न अझै केही महिना लाग्ने विभागले जनाएको छ ।
गत भदौ ३० गतेदेखि असोज १८ सम्म घर तथा घर–परिवारको सूचीकरण गरिएको थियो भने कात्तिक २५ देखि मंसिर ९ गतेसम्म मुख्य जनगणनाको काम गरिएको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







