कोरोना भाइरसविरुद्धको २३ लाख ४० हजार मोर्डना खोप आज आइपुग्दै
- माघ ११, २०७८
- 0
कोरोना भाइरसविरुद्धको थप २३ लाख ४० हजार मात्रा मोडर्ना खोप आज नेपाल आइपुग्दै छ।
खोप आज बिहान कतार एयरबाट नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए।
यसअघि हिजो पनि १६ लाख ६० हजार मात्रा मोर्डना खोप नेपाल आएको थियो । यो खोप सरकारले विश्व बैङ्कको सहयोगमा खरिद गरेको सरकारले आफैं खरिद गर्नेगरी सम्झौता गरेको खोपका लागि आवश्यक २ करोड ४ लाख सिरिञ्ज अर्थात् सुइमध्ये ५० लाख नेपाल आइसकेको पनि चौरसियाले बताए।
यसअघि आएको मोडर्ना खोप सरकारले हिमाली तथा पहाडी क्षेत्रका बालबालिकालाई लगाएको थियो।
अहिले आउने मोडर्ना खोप कसलाई लगाउने भन्ने निर्णय भइसकेको छैन।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







