काठमाडौ उपत्यकामा ३७९१ सहित देशभर एकैदिन ६४६२ मा कोरोना संक्रमण पुष्टि 

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ३७९१ सहित देशभर थप ६४६२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

१३ हजार ३७७ जनाको पीसीआर परीक्षण गर्दा ५५९८ र ४०६० एन्टिजेन परीक्षणमा ८६४ जना गरी जना गरी ६४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौमा २८६८ जना, भक्तपुरमा ३२१ जना र ललितपुरमा ६०२ जना गरी कुल ३७९१ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १४१६ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११६५५ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया