इँटाभट्टामा इँटा र माटोले च्यापिएर एक भारतीय महिलाको मृत्यु
- माघ ९, २०७८
- 0
झापाको कचनकवल गाउँपालिका–५ स्थित स्टार इँटा उद्योगमा एक भारतीय महिला मजदुरको मृत्यु भएको छ ।
इँटाभट्टाको चिम्नी लिप्ने क्रममा शनिबार दिउँसो इँटा र माटोले च्यापिएर पश्चिम बङ्गालकी ३५ वर्षीया अमिना खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए।
इँटा र माटोले च्यापिएर गम्भीर घाइते भएकी खातुनलाई मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । उनको उपचारकै मृत्यु भएको प्रहरीले जनाएको छ ।
कचनकवल गाउँपालिका क्षेत्रमा आधा दर्जन इँटा उद्योग सञ्चालित छन् । ती उद्योगमा अधिकांश कामदार भारतीय रहेका बताइएको छ ।
-रासस
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







