काठमाडौ उपत्यकामा ५३०६ सहित देशभर एकैदिन १०२५४ मा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ५२९९ सहित देशभर थप १०२५४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

१४ हजार ४६२ जनाको पीसीआर परीक्षण गर्दा ८२१२ र ५७२५ एन्टिजेन परीक्षणमा २०४२ जना गरी जना गरी १०२५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौमा ३७६२ जना, भक्तपुरमा ४३४ जना र ललितपुरमा १११० जना गरी कुल ५३०६ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ७०८ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११६५१ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया