काठमाडौ उपत्यकामा ५ हजार २९९ सहित देशभर एकैदिन १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ५२९९ सहित देशभर थप १०७०३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

१८ हजार ६१८ जनाको पीसीआर परीक्षण गर्दा ८८१५ र ४४७४ एन्टिजेन परीक्षणमा १८८८ जना गरी जना गरी १०७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौमा ४२७९ जना, भक्तपुरमा ४५३ जना र ललितपुरमा ५६७ जना गरी कुल ५२९९ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ७६६ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११६३२ पुगेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया