काठमाडौ उपत्यकामा ५५४९ सहित देशभर एकैदिन १०२५८ जनामा कोरोना संक्रमण पुष्टि

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ५५४९ सहित देशभर थप १०२५८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

१७ हजार ८७२ जनाको पीसीआर परीक्षण गर्दा ८७३० र ४९५६ एन्टिजेन परीक्षणमा १५२८ जना गरी जना गरी १०२५८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौमा ४००४ जना, भक्तपुरमा ५७० जना र ललितपुरमा ९७५ जना गरी कुल ५५४९ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ५६२ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११६२१ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया