सर्वोच्चमा ३५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा कटौतीको तयारी, पूर्ण बैठक बोलाइयो

news-details

सर्वोच्च अदालतमा आज पूर्ण बैठक (फूलकोर्ट) बस्दै छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पूर्ण बैठक बोलाएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।

कोरोनाको सङ्क्रमण देशव्यापी रूपमा बढ्दै जाँदा सर्वोच्चका न्यायाधीश र कर्मचारीमा सङ्क्रमण देखिएपछि पूर्ण बैठक बस्न लागेको उनले जानकारी दिए । बैठक मंगलबार दिउँसो १ बजे सर्वोच्चमा बस्ने उनले बताए ।

बैठकमा न्यायाधीश र कर्मचारी सङ्क्रमित हुँदा सर्वोच्चको सेवा प्रभावित हुन थालेपछि आवश्यक निर्णय लिन बैठक बस्न लागेको हो ।

उनका अनुसार सर्वोच्चका ३५ जान कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको छ भने अन्य ३०–३५ जना कर्मचारी पनि बिरामी भएका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया