प्रदेश २ को नाम ‘मधेश प्रदेश’ र स्थायी राजधानी ‘जनकपुर’

news-details

प्रदेश २ को सोमबार बसेको प्रदेशसभाको बैठकले प्रदेश २ को नाम मधेश र राजधानी जनकपुरधामलाई बहुमतले पारित गरेको छ ।

प्रदेश २ को नाम मधेश प्रदेश राख्नु पर्ने प्रस्तावको पक्षमा ८० मत प्राप्त भएपछि मधेश प्रदेश दुईतिहाई बहुमतले पारित भएको हो । प्रदेश नामाकरणका लागि प्रदेशसभाका १०३ जना सदस्यमध्ये ९९ जनाले मतदान गरेकोमा पक्षमा ८० र विपक्षमा १९ जनाले मतदान गरेका थिए।

यसअघि राजधानीका लागि भएको मतदानमा जनकपुर राजधानी प्रस्ताव पनि दुई तिहाइ बहुमतले पारित भएको थियो।

जनकपुर राजधानीको पक्षमा उपस्थित ९९ जना प्रदेश सभा सदस्यमध्ये ७८ जनाले पक्षमा मतदान गरेका थिए भने २१ जनाले विपक्षमा मतदान गरेका थिए ।

नाम मधेश र राजधानी जनकपुरधाम पारित भएसँगै संसदीय समितिले प्रस्ताव गरेका अन्य नामहरू र राजधानीको प्रस्ताव स्वतः निष्क्रिय भएको सभामुख सरोज यादवले घोषणा गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया