सचिव जोशीको संयोजनमा संचालित अभियान अन्तर्गत एनआरएनएद्धारा सुदूरपश्चिम प्रदेशलाई मोबाइल ब्लड बस हस्तान्तरण

news-details

गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुमार पन्तसहितको एक टोलिले धनगढीस्थित रेडक्रसलाई मोबाइल बस हस्तान्तरण गरेको छ ।

हरेक प्रदेशलाई ब्लड बैंक बस हस्तान्तरण गर्ने योजना अन्तर्गत संघले संघले संचालनमा ल्याएको ‘मोबाइल ब्लड बस’ परियोजनामा हालका सचिव गौरीराज जोशी संयोजक र अफ्रिकाबासी आइसिसी पूर्व कोषाध्यक्ष हिक्मत थापा सहसंयोजक रहेका छन ।

अध्यक्ष पन्तसहित पुर्व अध्यक्ष जिवा लामिछाने, सल्लाहकार कुल आचार्य,उपाध्यक्ष बद्री केसी, महासचिव हेमराज शर्मा, प्रवक्ता डिबि क्षेत्री, मानार्थ सदस्य धर्मराज अधिकारी, शनिकुमार ओलीलगायतको टोलीले धनगढीमा आयोजित एक कार्यक्रममा बस हस्तान्तरण गरेको हो ।

एनआरएनएको सुदुर पश्चिम मोबाइल ब्लड बैंक बस अध्यक्ष कुमार पन्तद्वारा धनगढी उपमहानगरपालिकाका मेयर नृप ओडमार्फत कैलाली रेडक्रस अध्यक्ष उत्तम जोशीलाई सोमवार आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो । सोही क्रममा उक्त टोलिले सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री तारा लामा तामाङसँग भेट गरेको छ ।

विदेशस्थित गैरआवासीय नेपालीहरुको सहयोगमा खरिद गरिएको बसको कुल लागत ६० लाख रहेको संघले जनाएको छ । आधुनिक प्रविधिसहितको बसबाट लामो दुरीका रक्त संकलन स्थलमा गएर बस भित्रै रक्त दान गर्ने, संकलन गर्ने र सुरक्षित रुपमा ब्लड बैंकसम्म ल्याउन सक्ने सुविधा रहेको छ ।

एनआरएनएले नेपालमा मानव कल्याणकारी योजना अन्तर्गत पहिलो घुम्ती रगत बस भरतपुर महानगरपालिकामार्फत् चितवन रेडक्रसलाई हस्तान्तरण गरिसकेको छ भने आगामी दिनमा सबै प्रदेशमा पुर्याउने लक्ष्य राखेको बताएको छ ।

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया