अग्रपंक्तिमा खटिनेलाई भोलिदेखि बुस्टर डोज
- माघ १, २०७८
- 0
सरकारले माघ २ गतेदेखि कोरोनाविरुद्धको बुस्टर डोज खोप दिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अग्रपंक्तिमा खटिने व्यक्तिलाई देशैभर बुस्टर डोज दिन लागेको हो।
मन्त्रालयले आवश्यक तयारी गर्न सबै जिल्ला स्वास्थ्य कार्यालय, प्रदेश स्वास्थ्य निर्देशनालय र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई परिपत्र गरेको छ।
स्वास्थ्य सेवाविभाग परिवार कल्याण महाशाखाकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतका अनुसार यसअघि पूर्ण मात्रा खोप लगाइसकेको ६ महिना पूरा भएकालाई बुस्टर डोज दिइनेछ। बुस्टर डोजमा पहिले लगाइएकै खोप दिइने मन्त्रालयले जनाएको छ।
६० वर्ष र उक्त उमेरभन्दा माथिका ज्येष्ठ नागरिकलाई भने माघ १४ गतेदेखि बुस्टर डोज दिइने मन्त्रालयले निर्णय गरेको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







