काठमाडौ उपत्यकामा २६०७ सहित देशभर एकैदिन ५०८७ जनामा कोरोना संक्रमण पुष्टि

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा २६०७ सहित देशभर थप ५०८७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

१३ हजार ४७४ जनाको पीसीआर परीक्षण गर्दा ४२०४ र ७०८६ एन्टिजेन परीक्षणमा ८८३ जना गरी जना गरी ५०८७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौमा १९१३ जना, भक्तपुरमा ३१७ जना र ललितपुरमा ३७७ जना गरी कुल २६०७ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३०६ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११६१३ पुगेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया