काठमाडौ उपत्यकामा १९१६ सहित देशभर एकैदिन ३५५३ जनामा कोरोना संक्रमण पुष्टि

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा १९१६ सहित देशभर थप ३५५३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

१० हजार ४९८ जनाको पीसीआर परीक्षण गर्दा २९२२ र ४५८३ एन्टिजेन परीक्षणमा ६३१ जना गरी जना गरी ३५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौमा १४४९ जना, भक्तपुरमा १५० जना र ललितपुरमा ३१७ जना गरी कुल १९१६ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २७१ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११६१० पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया