कोरोना बढेसँगै सिंहदरबार प्रवेशमा कडाइ, स्थायी र अस्थायी परिचयपत्र खारेज
- पुस २८, २०७८
- 0
कोरोना संक्रमण बढ्दै गएपछि गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ ।
बुधबार सूचना सार्वजनिक गर्दै मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको सिंहदरबार प्रवेशमा कडाई गरेको हो ।
मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सिंहदरबार प्रवेश गर्न सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालयबाट जारी भएका स्थायी र अस्थायी परिचयपत्र खारेज भएका भएका छन् ।
अब नयाँ परिचयपत्रका लागि आवश्यकता हेरेर गृह मन्त्रालयले पूर्वसहमति दिनुपर्नेछ । पत्रकारको हकमा सूचना विभागबाट जारी भएको परिचयपत्र मान्य हुनेछ ।
सिंहदरबार प्रवेशका लागि सहमति आवश्यक भएमा गृह मन्त्रालयमा सम्पर्क गर्नुपर्नेछ । सरसफाइसँग सम्बन्धित व्यक्ति भने यसअघि जारी भएका पास, अस्थायी परिचयपत्र देखाएर सिंहदरबार प्रवेश गर्न पाउनेछन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]








