काठमाडौ उपत्यकामा १२८६ सहित देशभर एकैदिन २४४४ जनामा कोरोना संक्रमण पुष्टि

news-details

पछिल्लो २४ घण्टामा देशभर थप २४४४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

१० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १९८१ र ४३८५ एन्टिजेन परीक्षणमा ४६३ जना गरी जना गरी २४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौमा ९८० जना, भक्तपुरमा ८५ जना र ललितपुरमा २२१ जना गरी कुल १२८६ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३१३ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११६०७ पुगेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया