दाङमा बस दुर्घटना हुदा ९ महिने शिशुको मुत्यु, ८ यात्रु घाइते

news-details

दाङमा बस दुर्घटना हुदा हुँदा ९ महिने शिशुको मुत्यु भएको छ भने अन्य ८ जना यात्रु घाइते भएका छन ।

दुर्घटनामा गम्भीर घाइते शिशुको उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।

बिरगंजदेखि सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको बस आज बिहान राप्ती गाउँपालिका ५ दोलहीखोला नजिक दुर्घटना भएको इलाका प्रहरी कार्यालय भालुबाङ्गले जनाएको छ ।

घाइते हुनेमा पर्सा जिल्ला वीरगञ्ज उपमहानगरपालिका-१६ का ३५ वर्षीय रतन शाही, रौतहटका ३४ वर्षीय रामविनायक कुर्मी, भारत विहारका ४० वर्षीय सन्सात खातुन, सोही ठाउँ निवासी एन्डिल आलक, सुर्खेतको भेरीगंगाका १७ वर्षीय दिलबहादुर क्षेत्री, बर्दिया गेरुवा गाउँपालिका-१ का ३८ वर्षीय पूर्णप्रसाद पाण्डे, बाँके कोहलपुर नगरपालिका-१८ का ३५ वर्षीया शान्ता वली, हुम्ला तातोपानी गाउँपालिका-७ का ४५ वर्षीय धनबहादुर रावत र सोही ठाउँ बस्ने वर्ष ५२ का गोरख रावत रहेका छन् ।

बसमा २० यात्रु सवार थिए । घाइतेहरुको लमहीमा प्राथमिक उपचारपछि नेपालगन्ज पठाइएको छ । तीब्र गतिका कारण अनियन्त्रित भएर बस दुर्घटनामा परेको प्रहरीले बताएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया