माघ १५ गते सम्म विद्यालय बन्द गर्न सिफारिस, २५ जनाभन्दा बढी भेला हुन नपाइने

माघ ३ देखि आन्तरिक हवाइ उडान र पार्क, फिल्म हल, रेष्टुरेन्ट तथा सपिङ मल जादा खोप कार्ड देखाउनुपर्ने
news-details

कोभिड–१९ संक्रमण रोकथामका लागि बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र ९सीसीएमसी०को बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

बैठकले माघ १५ गतेसम्म हिउँदे विदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न आग्रह गर्ने निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् ।

यस्तै अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने, मेला महोत्सव बन्द रोक्नका लागि गृह मन्त्रालयलाई सिफारिस गर्ने सीसीएमसीले निर्णय गरेको छ ।

माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने तथा आन्तरिक हवाइ उडानमा खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पास उपलब्ध गराउने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ । यस्तै आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको भिडभाड कम हुने गरी उडान तालिका मिलाउन सीसीएमसीसीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह पनि गरेको छ ।

प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले सीमानाकामा कोरोना परीक्षणलाई व्यापक तुल्याउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने, भीडभाड हुने सार्वजनिक स्थलमा एन्टिजेन बुथ राख्ने निर्णय पनि गरेको छ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया