राष्ट्रियसभा बैठक फेरी स-यो, अब माघ ३ गते बस्ने

news-details

पुस २७ गतेका लागि बोलाइएको राष्ट्रियसभाको बैठक सरेको छ । आइतबार सूचना सार्वजनिक गर्दै संघीय संसदका महासचिव डा भरतराज गौतमले विशेष कारणबस बैठक सरेको जानकारी दिए ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम माघ ३ गतेका लागि बैठक निर्धारण गरिएको गौतमको भनाइ छ ।

यस अघिसमेत पुस २५ गते आइतबारका लागि बोलाइएको राष्ट्रियसभाको बैठक सरेको थियो । शुक्रबार सूचना सार्वजनिक गर्दै संघीय संसदका महासचिव गौतमले बैठक विशेष कारणबस बैठक सरेको जानकारी गराए ।

यसअघि पुस २७ गते मंगलबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक फेरि सरेर माघ ३ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया