काठमाडौं उपत्यकामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन सुरु
- पुस २५, २०७८
- 0
सरकारले काठमाडौं उपत्यकामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको छ ।
आइतबार भक्तपुर जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना विरुद्धको खोप दिन सुरु गरिएसगै उपत्यकामा यो अभियान आरम्भ भएको हो ।
यस्तै काठमाडौं र ललितपुर जिल्लामा भने २७ पुस (मंगलबार) देखि बालबालिकालाई खोप दिने तयारी गरिएको जनाइएको छ ।
उपत्यकाका तीनवटै जिल्लामा बालबालिकालाई विद्यालयमै पुगेर कोरोना विरुद्धको खोप दिइनेछ ।
भक्तपुरमा बालबालिकालाई मोडर्ना खोप दिन थालिएको हो भने काठमाडौ र ललितपुरमा फाइजर बायोन्टेकको खोप दिइनेछ ।
सरकारले ५७ जिल्लामा बालबालिकालाई मोडर्ना र २० जिल्लाका बालबालिकाहरूलाई फाइजर खोप दिने निर्णय गरेको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







