एमाले अधिवेशन : २२ जिल्लामा सर्वसम्मत् अध्यक्ष, बाकी जिल्लामा आज मतदान हुँदै

news-details

देशको प्रमुख पार्टी नेकपा एमालेको देशभर जिल्ला अधिवेशनमार्फत नेतृत्व चयन प्रक्रिया भइरहेको छ ।

केन्द्रको निर्देशनअनुसार अधिकतम सहमतिमा नेतृत्व चयन गर्ने प्रयास भए पनि अधिकांश जिल्लामा निर्वाचन हुँदैछ ।

धेरै जिल्लामा नेतृत्वको आकांक्षी धेरै भएका कारण समहतिको प्रयास विफल भएको छ । अहिलेसम्म २२ जिल्लामा सर्वसम्मत् अध्यक्ष चयन गरिएको छ । ती जिल्लाहरुमा पनि अन्य पदमा भने निर्वाचन हुँदैछ ।

आन्तरिक विवाद र भौगोलिक कठिनाइका कारण १६ जिल्ला छोडेर एमालेले शुक्रबार ६१ जिल्लाको अधिवेशन गरेको थियो । अहिलेसम्म सर्वसमत् नेतृत्व चयन भएका २२ मध्ये लुम्बनी प्रदेशमा मात्र ७ जिल्ला छन् ।

अध्यक्ष चयन भएका जिल्लाहरु (प्रदेशगत)
प्रदेश १

१  झापा : दीपक कार्की

२  मोरङ : ऋषिकेश पोखरेल

३. खोटाङ : रामप्रसाद दंगाल

४ धनकुटा : इन्द्रमणि पराजुली

प्रदेश २

१ सप्तरी : ताराकान्त चौधरी

वागमती

१  धादिङ : भूमी त्रिपाठी

२ः काभ्रेपलाञ्चोक : अशोक ब्यान्जु

३ः भक्तपुर :  बचन देउजा

४स् रसुवा: कर्णेल तामाङ

गण्डकी

१ः गोरखा : प्रेम गुरुङ

२स् तनहु : श्रीप्रसाद श्रेष्ठ

लुम्बिनी

१ः पाल्पा : धनेन्द्रराज घिमिरे

२ः गुल्मी : बालकृष्ण काउछा मगर

३ः अर्घाखाची : पिताम्बर भुसाल

४ः बाँके : किस्मत कुमार कक्षपती

५ः बर्दिया : लालबहादुर श्रेष्ठ

६ः दाङ : हुकुमबहादुर बस्नेत

७ रुपन्देही : तेजेन्द्र केसी

८. कपिलवस्तु : डम्मर शर्मा (निर्वाचित)

९. नवलपरासी (पश्चिम) : दीपेन्द्र अधिकारी (निर्वाचित)

कर्णाली

१ डोल्पा : शेरबहादुर बुढा

२ सल्यान : गोविन्द पुन मगर

गैरभौगोलिक जिल्ला

१ मजदूर विशेष : जितेन्द्र श्रेष्ठ

२ पेशागत विशेष : उमेश ढकाल

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया