राष्ट्रियसभा बैठक पुस २७ गते बस्ने गरी सर्‍यो

news-details

पुस २५ गते आइतबारका लागि बोलाइएको राष्ट्रियसभाको बैठक सरेको छ ।

शुक्रबार सूचना सार्वजनिक गर्दै संघीय संसदका महासचिव डा भरतराज गौतमले बैठक विशेष कारणबस बैठक सरेको जानकारी दिए ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम बैठक पुस २७ गते मंगलबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको गौतमको भनाइ छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया