राष्ट्रिय सभा निर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन
- पुस २३, २०७८
- 0
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा मनोनयनपत्र दर्ता गराएका उम्मेदवारको नामावली आज सार्वजनिक गर्दैछ।
हिजोदेखि उम्मेदवारको मनोनयन पत्र जाँचबुझ गरेको आयोगले आज दिउँसो ३ बजेपछि उम्मेदवारको नामावली सार्वजनिक गर्ने जनाएको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार कुनै पनि उम्मेदवारविरुद्ध उजुरी परेको छैन। माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा १९ पदका लागि ९ राजनीतिक दलका ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
भोलि उम्मेदवारलाई नाम फिर्ताको समय दिइनेछ। पुस २५ गते अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने कार्यक्रम रहेको आयोगले जनाएको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







