कोरोना संक्रमण बढन थाल्यो, एकैदिन ५४० मा संक्रमण पुष्टि हुदा २७१ निको र १ जनाको मृत्यु

news-details

पछिल्लो २४ घण्टामा देशभर थप ५४० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

७ हजार २०९ जनाको पीसीआर परीक्षण गर्दा ४७८ र ४८९० एन्टिजेन परीक्षणमा ६२ जना गरी जना गरी ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २७१ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११६०२ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया