राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनका उम्मेद्वार जिताउन उच्चस्तरीय राजनीतिक संयन्त्रको आग्रह

news-details

उच्चस्तरीय राजनीतिक संयन्त्रले राष्ट्रिय सभाका रिक्त सदस्यको लागि आगामी माघ १२ गते हुने निर्वाचनमा सत्तारुढ राजनीतिक दलबाट उम्मेदवार बनेकाहरुलाई जिताउन आग्रह गरेको छ ।

संयन्त्रका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले निर्वाचनमा समन्वय गर्नका लागि सातवटै प्रदेशमा समन्वय समिति समेत गठन गरेको सरकारका प्रवक्ता समेत रहेका संयन्त्रका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया