आज मन्त्रिपरिषद्को बैठक बस्दै, सचिवहरुसँग पनि छलफल हुने

news-details

मन्त्रिपरिषद्को बैठक आज साढे १ बजे बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बस्ने कार्यालयका प्रवक्ता एवं सहचिव कृष्णबहादुर राउतले जानकारी दिए ।

त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्री र सबै मन्त्रालयका सचिवहरुसँग छलफल गर्ने भएका छन । प्रवक्ता राउतले आजै दिउँसो ३ बजे सिंहदरबारमा सबै मन्त्री र सचिवहरुलाई छलफलका लागि बोलाएको जानकारी दिए ।

त्यस्तै, बैठकमा प्रधानमन्त्री देउवाको भारत भ्रमणका विषयमा छलफल हुने बताइएको छ । यसैगरी, बैठकमा आगामी माघ १२ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका विषयमा पनि छलफल हुनेछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया