राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

news-details

आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज मंगलबार उम्मेदवारी दर्ता हुँदैछ ।

मंगलबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । ७ जना महिला, ३ जना दलित, २ जना अपांगता भएका तथा अल्पसंख्यक र ७ जना अन्य क्लस्टर गरी १९ सिटका लागि हुने निर्वाचनका लागि दलहरूले उम्मेदवारी दिनुपर्ने छ ।

सात वटै प्रदेशका प्रदेश निर्वाचन कार्यालयमार्फत उम्मेदवारी दिन सकिने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका अनुसार प्रदेश १ को विराटनगर, २ को जनकपुरधाम, बागमतीको हेटौँडा, गण्डकीको पोखरा, लुम्बिनीको घोराही, कर्णालीको वीरेन्द्रनगर र सुदूरपश्चिमको धनगढीमा उम्मेदवारी दर्ता हुने छ ।

आज परेको उम्मेदवारीउपर भोलि उजुरीको कार्यसूची छ भने २२–२३ पुसमा उजुरीमाथि छानबिन हुने छ । निर्वाचनमा भाग लिन १२ वटा दल आयोगमा दर्ता भएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया