माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित
- पुस १९, २०७८
- 0
नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड निर्विरोध निर्वाचित भएका छन् ।
आठौं महाधिवेशनबाट चुनिएको केन्द्रीय कमिटीको पहिलो बैठकले अध्यक्षमा प्रचण्डलाई सर्वसम्मतले चयन गरेको हो ।
बैठकमा केन्द्रीय सदस्य नारायणकाजी श्रेष्ठको प्रस्ताव र अर्का केन्द्रीय सदस्य कृष्णबहादुर महराको समर्थनमा प्रचण्डलाई अध्यक्षमा प्रस्ताव गरिएको थियो । अध्यक्षमा अन्य कसैको दावी नपरेपछि प्रचण्ड निर्विरोध भएका हुन ।
जेष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गरेका दिनानाथ शर्माले प्रचण्ड निर्विरोध निर्वाचित भएको घोषणा गरेका छन ।
माओवादीको आठौं महाधिवेशनले आइतबार २३६ सदस्यीय केन्द्रीय सदस्य चयन गरेको थियो। सोमबार बसेको बैठकमा चयन भएका सदस्यले सपथ लिएका छन्।
सपथ ग्रहणपछि पदाधिकारी चयन गर्न बैठक बसेको थियो।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







