नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा सदस्यका लागि छान्यो ५ उम्मेदवार

news-details

नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रिय सभाका लागि ५ उम्मेदवारको नाम टुङ्गो लगाएको छ । सोमबार दिउँसो बसेको केन्द्रीय सचिवालय बैठकले उम्मेदवारको नाम टुङ्गो लगाएको हो ।

समाजवादीले प्रदेश १ बाट जयन्ती राई, बागमतीबाट गोमा तिमिल्सना, लुम्बिनीबाट राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहरा र सुदूरपश्चिमबाट मदनकुमार साहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

आगामी माघ १२ गते हुने निर्वाचनमा गठबन्धनका तर्फबाट १९ मध्ये ५ सिट नेकपा एकीकृत समाजवादीको भागमा परेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया