कांग्रेसले टुंग्यायो राष्ट्रियसभा सदस्यका उम्मेदवार
- पुस १९, २०७८
- 0
नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यका लागि पार्टीबाट चुनाव लड्ने उम्मेदवार टुंगो लगाएको छ। सोमबार बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकले उम्मेदवारको टुंगो लगाएको हो।
जसअनुसार प्रदेश १ मा गोपाल बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा पुन र सुदूरपश्चिममा नारायण दत्त मिश्र उम्मेदवार बन्ने भएका छन्।
उम्मेदवारमध्ये पन्त पार्टीको हालै भएको महाधिवेशनमा सहमहामन्त्री पराजित भएकी थिइन्। यस्तै मिश्र सुदूरपश्चिम प्रदेश सभापतिमा पराजित भएका थिए भने बस्नेतलाई तत्कालीन समयमा राष्ट्रपतिले मनोनयन गर्ने सिटमा सिफारिस भएर पनि राष्ट्रिय सभा सदस्य बन्न पाएका थिएनन्। महाधिवेशन प्रतिनिधिमा पराजित पौडेल पार्टी कार्यालयका मुख्य सचिव हुन्।
सत्तारुढ गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसको भागमा ६ सिट परेको थियो । बैठकले १२ माघमा हुने मतदानमा गठबन्धनका उम्मेदवारहरुलाई मत दिन समते आहृवान गरेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







