राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनबीच भागबण्डाको सहमति

कांग्रेसले ६, माओवादी र एकीकृत समाजवादीले ५/५, जसपाले २ र जनमोर्चाले १ सिट पाउने
news-details

सत्ता साझेदार दलले राष्ट्रियसभा निर्वाचनका लागि सिट बाँटफाँट गरेका छन् ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकले राष्ट्रिय सभामा रिक्त हुन लागेका सिटहरुमा भागबण्डा गरेर उम्मेदवार उठाउने निर्णय गरेको जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन ।

पौडेलका अनुसार कांग्रेसको भागमा ६, माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा ५/५, जसपाले २ र जनमोर्चाले १ सिट पाउने छन् ।

राष्ट्रिय सभाको रिक्त १९ स्थानमा माघ १२ गते निर्वाचन हुँदैछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया