सत्तारुढ गठबन्धनका शिर्ष नेताहरुको बैठक बस्दै
- पुस १९, २०७८
- 0
सरकारमा प्रतिनिधित्व गर्ने गठबन्धनका राजनीतिक दलको बैठक सोमबार बिहान बालुवाटारमा बस्ने भएको छ ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार आसन्न राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनमा सहभागी दलबीच कसरी जाने भन्ने विषयमा छलफल हुने बैठकको प्रमुख एजेन्डा छ ।
उनले भने, “नेकपा माओवादीको पनि महाधिवेशन चलिरहेको र अरू दलका नेता पनि व्यस्त भएकाले आइतबार बिहान बस्ने भनेको बैठक बस्न सकेन । सोमबार बिहान सत्ता गठबन्धन दलको बैठक बोलाइएको छ ।”
बैठकमा राष्ट्रिय सभाको निर्वाचनमा सत्ता साझेदार दलबीच कसरी उम्मेदवारी दिने भन्ने विषयले प्रवेश पाउने छ र सकभर सोमबारको राष्ट्रिय सभाको चुनावी रणनीतिको अन्तिम टुङ्गो लगाउने बालुवाटार स्रोतको भनाइ छ ।
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले संसद् अवरुद्ध गर्दै आएको विषयले पनि बैठकमा प्रवेश पाउने भएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







