देउवाद्वारा पौडेलसहित ३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन
- पुस १८, २०७८
- 0
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र जीवनबहादुर शाहीलाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन ।
हालै सम्पन्न महाधिवेशनमा पराजित तीन नेतालाई देउवाले केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन । देउवाले जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् । गुरुङ सभापतिमा, पौडेल महामन्त्रीमा र शाही सहमहामन्त्री पदमा उम्मेदवार थिए ।
देउवाले काँग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम शाही, पौडेल र गुरुङलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि शनिबार देउवाले रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए । जसमा रामचन्द्र पौडेलसहित प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, नारायण खड्का उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मा रहेका थिए ।










