राष्ट्रियसभा निर्वाचनका लागि २०२५ मतदाताको नामावली प्रकाशन, यस्तो छ निर्वाचन कार्यतालिका
- पुस १८, २०७८
- 0
राष्ट्रियसभामा रिक्त सदस्य पदका लागि यही माघ १२ गते निर्वाचन हुने भएको छ।
निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन्।
निर्वाचन आयोगका अनुसार देशभरबाट दुई हजार २५ जना मतदाताले राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिनेछन्।
मतदाताको नामावली आयोगको वेबसाइटबाट प्रकाशन भइसकेको छ। शनिबार मतदाता नामावली प्रकाशन गर्दै दाबी विरोधका लागि आह्वान गरिएको थियो।
मतदाताको अन्तिम नामावली भने सोमबार प्रकाशित हुने आयोगले जनाएको छ।
आयोगका अनुसार मंगलबार उम्मेदवारी दर्ताको कार्यक्रम छ। आयोगले सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना गरिसकेको छ।
आयोगले दिएको जानकारीअनुसार प्रदेश १ मा २६४, प्रदेश २ मा ३७२, बागमतीमा ३४६, गण्डकीमा २२९, लुम्बिनीमा २९६, कर्णालीमा १९१ र सुदूरपश्चिम २२७ जना मतदाता रहेका छन्।
सत्तारूढ गठबन्धनले रिक्त १९ राष्ट्रिय सभा सदस्यमा भागबन्डा गरेर उम्मेदवार तय गर्ने तयारी गरेका छन्।
दलहरूले राष्ट्रिय सभा सदस्य उम्मेदवारहरूको नाम सिफारिस गर्न थालेका छन्। प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रदेशहरूबाट उम्मेदवारका आकांक्षीको नाम केन्द्रमा पठाएको छ।
यस्तो छ चुनावी कार्यतालिका











