कोरोना महामारी र खराब मौसमका कारण शनिबार एकैदिन विश्वभरका ४४ सय बढी हवाई उडान रद्द
- पुस १८, २०७८
- 0
कोरोना महामारी र खराब मौसमका कारण अमेरिकामा हवाई उडान अहिलेसम्मकै उच्च संख्यामा रद्द भएको छ ।
शनिबार मात्रै विश्वभर ४ हजार ४ सयभन्दा बढी उडान रद्द भएका थिए । त्यसमध्ये २ हजार ५ सय भन्दा बढी उडान अमेरिकामा मात्रै रद्द भएको हवाई ट्राफिक सम्बन्धी वेबसाइट फ्लाइट अवेरले जनाएको छ ।
कोरोना संक्रमितको सम्पर्कमा आएपछि चालक दलका सदस्यलाई क्वारेन्टिन बस्नु पर्ने लगायतका कारण एयरलाइन्सहरुमा कर्मचारीको अभाव हुने गरेको छ ।
यात्रुहरुका समस्याका साथै मध्य अमेरिकामा परेको बाक्लो हिमपातले पनि हवाई उडान प्रभावित भएका छन् । सिकागो, ओहारे र मिडवे विमानस्थलमा मात्रै १ हजारभन्दा बढी उडान रद्द भएका छन् ।
ओमिक्रोन संक्रमणका कारण कर्मचारी अभाव हुनु र मौसमी खरावी विशेष गरी हिमपातका कारण उडान रद्द गर्नुपर्ने अवस्था आएको एयरलाइन्सहरुले जनाएका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







