देशभर थपिए २३५ जना कोरोना संक्रमित, एकैदिन २१२ जना निको हुदा ४ को मृत्यु

news-details

पछिल्लो २४ घण्टामा देशभर थप २३५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

७ हजार ८८५ जनाको पीसीआर परीक्षण गर्दा २२४ जना र ११९९ जनाको एन्टीजेन परीक्षण गर्दा ११ जना गरी जना गरी २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २१२ जना सङ्क्रमित कोभिडमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म् कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११५९४ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया