बाक्लो हुस्सुका कारण त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान ठप्प
- पुस १६, २०७८
- 0
बाक्लो हुस्सुका कारण शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन्।
विमानस्थल स्रोतका अनुसार भिजिबिलिटी नभएका कारण उडान र अवतरण हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले स्रोतले जानकारी दिएको छ।
विमानस्थलका अनुसार अन्तर्राष्ट्रिय उडान र अवतरणका लागि कम्तीमा ३ हजार सय मिटर भिजिबिलिटी आवश्यक पर्छ। तर हुस्सुका कारण यतिबेला काठमाडौंको भिजिबिलिटी १ हजार आसपास रहेकाले कुनै पनि विमान अवतरण हुन नसकेका हुन्।
विमानस्थलका अनुसार साना जहाजका लागि कम्तिमान २ हजार भिजिविलिटी आवश्यक हुन्छ।
त्रिभुवन विमानस्थल टर्मिनल कार्यालयका अनुसार भिजिबिलिटी ह्वात्तै घट्दा आन्तरिक तथा बाह्य उडान हुन नसके हो।
कुवेतबाट आएका जजिरा एयरलाइन्सका दुई वटा जहाज आकाशमा फन्को लगाइरहेका छन्। उनीहरूलाई नजिकको मौसम सफा भएको विमानस्थलमा अवतरण गर्न अनुमति दिन टर्मिन कार्यालयले जानकारी दिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहानैबाट देशभर बाक्लो हुस्सु र कुहिरो लागेकाले काटठमाडौंसहित मुलुकभरका विमानस्थल खुलेका छैनन्।
पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण हुस्सु लागे विभागले जनाएको छ।










