चार निर्णय गर्दै काँग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक सम्पन्न

news-details

नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशनपछि शनिबार पहिलो केन्द्रीय कार्यसमितिको बैठक बसेको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको बैठकले विभिन्न चार निर्णय गरेको महामन्त्री गगन थापाले जानकारी दिए ।

राष्ट्रिय सभाको निर्वाचनको प्रयोजनमा उम्मेदवारको सम्बन्धमा सभापति शेरबहादुर देउवाले हस्ताक्षर गर्ने, मुख्यसचिव कृष्णप्रसाद पौडेललाई निर्वाचन आयोगमा दल दर्ता र विवरण अध्यावधिकको जिम्मेवारी दिने, पार्टीलाई एकतावद्ध गराउने, १४ औँ महाधिवेशनका सहयोगी र निर्वाचित पदाधिकारीलाई बधाई दिने निर्णय भएको महामन्त्री थापाको भनाइ छ ।

आगामी दिनमा इतिहासले सुम्पेको अभिभारा र दायित्वलाई आत्मसात् गर्दै पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाएर अघि बढाउने निर्णयसमेत भएको महामन्त्री थापाले बताए ।

उत्साह, एकता र रुपान्तरणको मर्म अनुरुप महाधिवेशन सम्पन्न भएको निष्कर्ष निकाल्दै बैठकले १४ औं महाधिवेशनमा सहयोग पुर्‍याउने निर्वाचन समिति र सञ्चारमाध्यम सबैलाई धन्यवाद दिएको छ ।

महामन्त्री थापाका अनुसार बैठकमा सभापति देउवाले नवनिर्वाचित कार्यसमितिलाई बधाई एवम् धन्यवाद ज्ञापन गरेका छन । पहिलो बैठक केही औपचारिक र केही अनौपचारिक निर्णय गर्दै सम्पन्न भएको महामन्त्री थापाले बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया